जेठ ०५, २०८१, शनिबार
               

धनगढी कोभिड अस्पतालमा भरिए संक्रमित

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ ।

सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको सो कोभिड अस्थायी अस्पतालमा हाल ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद बिरामी उपचाररत छन् ।

सो अस्पतालमा ११ जनालाई आइसियुमा राखेर उपचार गराइँदै छ भने ३ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी, २५ जनालाई अक्सिजन दिएर उपचार गराइरहिएको छ ।


कस्तो लाग्यो ?

यो पनि