जेठ ०५, २०८१, शनिबार
               

पूर्वराजा अस्पताल भर्ना : स्वास्थ्य अवस्था सामान्य

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका छन् । 

छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार सो अस्पतालमा भर्ना भएका हुन् । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाल उनीहरु कोभिड–१९ को उपचारका लागि अस्पताल भर्ना भएको बताए । 

भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेसन बाँस्तोलाका अनुसार उनीहरु तीनैजनाको स्वास्थ्य अवस्था सामान्य छ । 


कस्तो लाग्यो ?

यो पनि