जेठ ०५, २०८१, शनिबार
               

मेडिकल टिम पठाउन केन्द्र सरकारसँग बाँके डिसिसिएमसीको माग

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

बाँके । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेका बेला शनिबार बसेको केन्द्रको  बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो भएको भन्दै सो निर्णय गरेको हो । मेडिकल टिम उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ ।

बैठकले बिरामीको उच्च चापलाई मध्यनजर गर्दै भेरी अस्पताल र शिक्षण अस्पतालमा  कोभिड उपचारका लागि सङ्ख्या थप गरि दुई सय सय्या पुर्‍याउन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि