जेठ ०५, २०८१, शनिबार
               

थप २५ सय ५९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । कुल नौ हजार ६६४ जनामा गरिएको परीक्षणका क्रममा दुई हजार र ४४९ र एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म दुई लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा पाँचजनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १२२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आइसियुमा १७० तथा ५९ जना भेन्टिलेटरमा छन् ।


कस्तो लाग्यो ?

यो पनि