जेठ ०८, २०८१, मंगलबार
               

जनशक्ति नहुँदा सघन उपचारकक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

बझाङ । भारतबाट घर फर्केका जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा  वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् । त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताए ।

बझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पिसिआर प्रयोगशाला र प्रदेश सरकारको सहयोगमा सञ्चालनमा ल्याइएका सघन उपचारकक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन् ।

सेवा सञ्चालनका लागि चार कर्मचारी आवश्यक पर्ने र सबैको सेवासुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताए । 

‘अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन । सघन उपचार कक्ष र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन ।सुरुमा अस्पतालले सेवासुविधा व्यहोर्ने गरी कर्मचारी माग गरेका हौँ । कोही पनि आएनन् । दुर्गम भनेपछि कसैले आउन मान्दैनन् । प्रदेश सरकाले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ । आवश्यक जनशक्ति मागका लागि पत्र पठाउने तयारीमा छौँ,’ उनले भने । 


कस्तो लाग्यो ?

यो पनि