जेठ ०५, २०८१, शनिबार
               

थप दुई हजार ४२८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १० हजार एकमा गरिएको पिसिआर परीक्षणमा २३६५ जना र ४४७ एन्टिजेन परीक्षण गर्दा ६३ गरी उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका कारण पाँच जनाको ज्यान गएको छ । 

यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५कोरोनामुक्त भएका छन् । त्यसैगरी, कुल संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ । 

नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि