बाँके । बाँकेमा एकैदिन ७५ जनामा कोरोना पुष्टि भएको छ । आइतबार भेरी अस्पताल, नेपालगञ्जमा ८१ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्या पहिचान भएका हुन् ।
अस्पतालका अनुसार, स्वास प्रश्वासमा समस्या भएका, ज्वरो आएका वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरुको जाँच भएकाले कोरोना देखिने प्रतिशत बढी भएको हो।
अहिले कोरोना पुष्टि भएकाहरु बाहिर स्वाव संकलन गरिएका छैनन् । भेरीमा रहेको एक सय ४२ बेड भरिसकेको छ । १५ शैयाको कोभिड आइसियू पनि भरिएको छ ।
तीव्र गतिमा बढिरहेको संक्रमणलाई बेलैमा रोक्न नसके स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने स्वास्थ्यकर्मीहरुले आकलन गरेका छन् । यसैबीच, भारतको गुजरातबाट आएका सुर्खेत सिम्ताका २५ वर्षीय युवालाई कोरोना पुष्टि भएको छ।
नेपालगञ्ज नाकामा जाँच गर्दा उनलाई कोरोना देखिएको हो। चैत्र महिनादेखि अहिलेसम्म नाकामात्रै २६ जनालाई कोरोना पुष्टि भएको छ।