जेठ ०५, २०८१, शनिबार
               

सरकारी अस्पतालले अनिवार्य ५० बेड कोरोना संक्रमितलाई छुट्याउनुपर्ने

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । अब सरकारी अस्पतालहरुले कोरोना संक्रमितका लागि कम्तिमा ५० बेड छुट्याउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा कोरोना संक्रमितका लागि कम्तिमा ५० बेड छुट्याउनु पर्ने निर्णय गरेसँगै सरकारी अस्पतालहरुलाई सो नियम लागू भएको हो । 

सरकारले एक विज्ञप्ति जारी गरी सरकारी अस्तालहरुलाई सो निर्देश गरेको हो । ‘कोरोना संक्रमण बढ्दै गएको र विशेषत बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्डक कडा रुपमा पालना गर्नुपर्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही ,चितवन, बाँके ,पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ) रहेका छन् ।

मन्त्रालयले बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिन अनुरोध गरेको छ ।

साथै निजी प्रयोगशाला तथा अस्पतालहरुले कोभिड २९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क (२ हजार) रुपैयाँ नबढाइ तथा संक्रमितहरुको औषधिबाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३५००, मध्यमलाई ७००० र जटिललाई १५ हजारमा ५० प्रतिशत थपभन्दा नबढ्ने गरी उपचार गर्नुपर्ने मन्त्रालयको आग्रह छ ।

सूचनामा नेपालमा विभिन्न होटलहरुमा आइ बसोबास गर्ने विदेशी नागरिकहरुको गेष्ट रजिष्ट्रेसन सिस्टम चुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएमा मात्र होटलमा राख्न पाइने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि