जेठ ०५, २०८१, शनिबार
               

नेपालगन्ज उपमहानगरका विद्यालय एक साता बन्द हुने

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बिहीबार भएको सो निर्णय आइतबारबाट कार्यान्वयन हुने बताइएको छ । 

संक्रमणको दर उच्च गतिमा बढेको र कोरोनाको नयाँ संक्रमण बालबालिकामा देखिएकाले यस्तो निर्णय गर्नुपरेको सो उपमहानगरपालिकाले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि