जेठ ०५, २०८१, शनिबार
               

१४ जिल्लामा ठूला भीडभाड नगर्न र विद्यालय बन्द गर्न अपिल

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको बताएका छन् ।

उनका अनुसार कोरोना जोखिमको अतिप्रभावित क्षेत्र भनी घोषित जिल्लामा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मल सञ्चालन नगर्न अनुरोध गरिएको हो । 

यसरी ठुला कार्यक्रम र विद्यालय नखोल्न अपिल गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन् । 

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । 

यो पनि