जेठ ०५, २०८१, शनिबार
               

नेपालमा थप पाँच सय ८० जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोभिड प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले सो बताएका हुन् । 

देशभरका कुल चार हजार २८९ पिसिआर परीक्षण गरिएको थियो । उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार संक्रमितमध्ये दुई सय ५४ जना काठमाडौं उपत्यकाका छन् । त्यसैगरी, काठमाडौंमा एक सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण पुष्टि भएको बताए । त्यसैगरी,  २४ घन्टामा एक सय २९ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या भने ७९ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि