जेठ ०५, २०८१, शनिबार
               

कोरोनाको पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ बाट दोस्रो डोज लगाइने

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं ।सरकारले पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप वैशाख ७ देखि ११ गते लगाइने भएको छ ।

सरकारले पहिलो चरणको खोपच गत माघ १४ देखि फागुन १० सम्म लगाएको थियो । सो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतले खोप लिएका थिए । 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार दोस्रो  चरणको खोप अभियान देशभर चलाइनेछ ।

दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ । ‘लुम्बिनी र प्रदेश १ का केही स्थानमा खोपको दोस्रो डोज दिइसकिएको छ, अन्यत्र भने वैशाख ७. देखि सुरु हुनेछ,’ उनले भने, ‘हामीसँग उक्त समूहलाई दिन पुग्ने खोप मौज्दात छ ।’

सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।


कस्तो लाग्यो ?

यो पनि