जेठ ०५, २०८१, शनिबार
               

युके भेरियन्ट भाइरसबाट २० वर्षमुनि उमेर समूहका बालबालिका उच्च जोखिममा

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । अघिल्लो वर्ष बालबालिकामा अत्यन्तै न्यून देखिएको कोभिड–१९ को संक्रमण दोस्रो लहरमा २० वर्षभन्दा कम उमेर समूहमा बढी देखिएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा १५८ जनामा युके भेरियन्ट पुष्टि भएको जनाएको छ । जसमध्ये २६ जना २० वर्षमुनिका छन् । 

त्यस्तै, ११ देखि २० वर्षसम्मका २२ जना किशोरकिशोरी र २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा सबैभन्दा धेरै ३८ सो भाइरस पुष्टि भएको छ भने ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा पनि युके भेरियन्टको संक्रमण उच्च छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि कोभिड–१९ को सामान्य भाइरसभन्दा युके भेरियन्ट ७० प्रतिशत बढी संक्रामक बताउँछन् । 

नेपालमा पछिल्लो समय मृत्युदरका हिसाबले पनि युके भेरियन्ट सामान्यभन्दा घातक भएको डा. पुनले बताए । युके भेरियन्टको पुष्टि भएकाहरुको नमुनामा एस जिन नेगेटिभ (बि १.१.७ को मात्रा धेरै) देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । ‘संक्रमितहरुको नमुनामा ३० देखि ६० प्रतिशतसम्म एस जिन नेगेटिभ देखिएको छ, जुन युके भेरियन्टको लक्षण पुष्टि गर्ने नतिजा हो,’ पौडेल भन्छन्, ‘युके भेरियन्टको संक्रमणबाट विद्यालय उमेरका बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्थामा हाम्रो ध्यानकेन्द्रित भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि