जेठ ०५, २०८१, शनिबार
               

पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा गरी १३ संक्रमितको मृत्यु भएको हो । 

नेपालमा सोही अवधिमा ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेका पुगेको छ भने मृत्यु हुनेको संख्या तीन हजार ५३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।त्यसैगरी ५५ जना  क्वारेन्टिनमा छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरोनामुक्त छन् । त्यसैगरी, नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार ३०६ रहेको मन्त्रालयले उल्लेख गरेको छ। 

आइतबार (हिजो) ३०३ जनामा कोरोना पुष्टि भएको थियो भने कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। एक साताको तथ्यांकअनुसार सबैभन्दा बढी ४९६ जनामा कोरोना पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि