बैशाख ०७, २०८१, शुक्रबार
               

चार बजे सिसिएमसीको बैठक बस्दै

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दै छ । कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेका बेला शनिबार अपराह्न ४ बजे सो बैठक बस्न लागेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार आजको बैठकले कोरोना रोकथाम नियन्त्रणका लागि विशेष निर्णय गर्नेछ । 

कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका विभिन्न सुझाव दिएको छ । साथै २५ जनाभन्दा बढी भेला हुन नपाइने, शैक्षिक संस्थाहरुमा भिडभाड नहुनेगरी पठन पाठन सञ्चालन गर्नुपर्ने, सिनेमा हल लगायत बन्द गर्नुपर्ने भन्दै मन्त्रालयले सिफारिस गरेको छ । आज सोही विषयवस्तुहरुमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ । 

सिसिएमसीलाई निर्णय गरेर कार्यान्वयन गर्ने अधिकार नभएपनि विभिन्न क्षेत्रबाट आएका सुझाव र प्रस्तावमाथि छलफल गरी आवश्यक सुझाव सहित मन्त्रिपरिषद्मा पठाउने गरिन्छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपनि मात्रै त्यो कार्यान्वयनमा आउँछ । 


कस्तो लाग्यो ?

यो पनि