बैशाख १४, २०८१, शुक्रबार
               

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्या पहिचान भएका हुन् । 

शुक्रबार कोरोना पुष्टि हुनेमा काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ जना पुगेको छ ।तीमध्ये २ लाख ७३ हजार ७३५ कोरोनामुक्त भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि