बैशाख १४, २०८१, शुक्रबार
               

रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय रात नौ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय र रेष्टुरेण्ट ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन बढेको भन्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौं लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ । जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टाइनमा राख्नसमेत आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि