बैशाख ०८, २०८१, शनिबार
               

थप तीन सय ३९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा  पछिल्लो २४ घन्टामा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कुल चार हजार एक सयमा पिसिआर गर्दा उल्लेखित संख्या पहिचान भएका हुन् । यस्तै, एक हजार ४० जनामा एन्टिजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । 

देशभर दुई हजार २०१ सक्रिय संक्रमित रहेका छन् । ६५ जना आइसियु र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आज ७४ जना संक्रमणमुक्त भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि