बैशाख ०५, २०८१, बुधबार
               

नेपालमा थप २६६ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४५३६ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ३४५६ जनामा पिसिआर परीक्षण गर्दा  १७६ जनामा संक्रमण पुष्टि भएको थियो । 

सोमबार संक्रमण पुष्टि हुनेमा काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना छन् । 

नेपालमा हालसम्म संक्रमितको संख्या दुई लाख ७८ हजार २१० रहेको छ । जसमध्ये दुई लाख ७३ हजार ३४२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दई जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि