चैत १६, २०८०, शुक्रबार
               

बंगलादेशले एक साता लकडाउन गर्ने

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

बंगलादेशमा आउँदो सोमबारबाट देशव्यापी एक साता लामो लकडाउन सुरु हुने भएको छ ।

लकडाउन अविधमा सबै कार्यालय तथा अदालत बन्द रहने बताइएको छ । तर, प्रवासी  मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधि यथावत रहने बताइएको छ । 

शुक्रवार बंगलादेशमा एकैदिन ६,८०० मानिसहरूमा कोभिड-१९ सङ्क्रमण भएको पाइएको छ। सो सङ्ख्या महामारी सुरु भएयताकै सर्वाधिक दैनिक सङ्ख्या हो। गत वर्ष पनि कोभिडका कारण बंगलादेशमा करिब तीन महिना लकडाउन गरिएको थियो ।

यो पनि