बैशाख ०६, २०८१, बिहीबार
               

थप १२८ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपालमा पछिल्लो २४ घन्टामा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल दुई हजार ७२७ पिसिआर परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन्  । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा १६१ जना संक्रमणमुक्त भएका छन् । उल्लेखित संख्या कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । यो सँगै  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ३२  रहेको छ  ।

हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि