बैशाख ०८, २०८१, शनिबार
               

नेपालले पाउनुपर्ने खोपको मात्रालाई प्राथमिकतामा राखिएको छ : भारत

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनुपर्ने खोपको आपूर्तिलाई प्राथमिकतामा राखिएको बताएका छन् । 

भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता अरिन्दम बाग्छीले सो बताएका हुन् । 

‘भारतले निर्यातमा कुनै रोक लगाएको छैन । तर, हामीले आन्तरिक मागलाई ध्यानमा राख्दै निर्यात गर्ने हो,’ बाग्छीले भने । खोप प्राप्तिका लागि नेपालले भारतको सेरम इन्स्टिट्युटलाई अग्रिम भुक्तानी दिए पनि सोबापत नेपालले प्राप्त गर्नुपर्ने १० लाख डोज अझै पाएको छैन ।


कस्तो लाग्यो ?

यो पनि