मंसिर ०७, २०८१, शुक्रबार
               

भारतबाट आएका १२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

कैलाली । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ ।

सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । 

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं. २ का ३० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी भारतबाट आएका धनगढी–१ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका–६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा–११ का २२ वर्षीय पुरुष र कृष्णपुर–६ की २२ वर्षीया महिलामा कोरोना सङक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । 


कस्तो लाग्यो ?

यो पनि