जेठ ०८, २०८१, मंगलबार
               

सातवटै प्रदेशमा आइसोलेसनकक्ष निर्माण गर्न मन्त्रालयको निर्देशन

नेपाल फ्ल्यास
चैत १६, २०७७

फाइल तस्विर
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशालई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनकक्ष स्थापना गर्न निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशलाई सो निर्देशन दिएको हो । 

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । सोमबार मात्रै नेपालमा आइतबारको तुलनामा लगभग दोब्बर संक्रमित पहिचान भएका छन् । 

भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएका सार्वजनिक बसमा आवतजावत गरिरहेको अवस्थामा मन्त्रालयबाट प्रदेशहरुलाई सो निर्देशन आएको हो । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड-१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्‍यवस्था गरिएको र कोभिड-१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्‍ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड-१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्‍यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’


कस्तो लाग्यो ?

यो पनि