जेठ ०८, २०८१, मंगलबार
               

सोमबार थप १४१ मा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार थप १४१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १२२ जनामा परीक्षण गराउँदा उल्लेखित संख्या पहिचान भएका हुन् । आइतबार ८९ जनामा संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार तीन हजार १२२ जनाको परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो भने निको हुनेको संख्या ८२ जना रहेको छ । 

योसँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यसैगरी निको भएर घर फर्किनेको संख्या दुई लाख ७२ हजार ६१२ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि