जेठ ०५, २०८१, शनिबार
               

चीनले अनुदान दिएको कोरोना खोप काठमाडौं आइपुग्याे

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

चीन सरकारले सहयोग दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल आइपुगेकाे हाे । 

यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको छ । चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि