जेठ ०४, २०८१, शुक्रबार
               

थप ८९ जनामा कोरोना पुष्टि, सचेत रहन मन्त्रालयको अनुरोध

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ९५ जना संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १२ सय ८२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ६१ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको 'हटस्पट' बन्ने संभावना बताउँदै सचेत रहन आग्रह गरेको छ।

केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै उकालो लागेको भन्दै डा.गौतमले स्वास्थ्य मापदण्डमा कडाइ नगरे कोरोना जोखिम भयावह हुने संभावना रहेको बताए । डा. गौतमका अनुसार अहिले कोरोना संक्रमित भइ टेकु अस्पतालमा भर्ना हुनेमा अधिकांश कलेजमा पठाउने शिक्षकहरु,होटलमा काम गर्ने कर्मचारीहरु र तराईबाट प्रेसरण गरि पठाइएका बिरामीहरु छन्। 

धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्याहरु बल्झिदै गएको उनको  भनाइ छ।मन्त्रालयका प्रवक्ता समेत रहेका डा.गौतमले कतिय शैक्षिक संस्थामा हात धुन साबुन र पानीको व्यवस्था नभएको गुनासा आउने गरेको भन्दै त्यसको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

उनले भने, ‘स्वस्थ्य छात्राछात्र,शिक्षकबिना शैक्षिक संस्था संचालन गरी शैक्षिक क्रियाकलाप गर्न असंभव भएकाले सबै शैक्षिक संस्थामा हात धुनका लागि उचित व्यवस्थापन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र दूरी कायम गर्न शैक्षिक क्रियाकलाप गराइ शैक्षिक संस्थाहरुले कोरोना जोखिममुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ।’

पछिल्लो समय भारतमा फैलिएको भारसको रोग सर्ने क्षमता बढी भएकाले भारतबाट नेपाल आउनेहरुको उचित व्यवस्थापन गर्न अति आवश्यक रहेको उनले बताए। होली तथा विभिन्न स्थानीय चाडबाड मनाउन र भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न नाका हुँदै सयौंको संख्यामा सीमा पारिबाट आउने दर बढेसँगै कोरोना जोखिम दर पनि बढेको भन्दै डा. गौतमले सीमानाकामा स्वास्थ्य सुरक्षा अपनाउन समेत अनुरोध गरे।


कस्तो लाग्यो ?

यो पनि