बैशाख २६, २०८१, बुधबार
               

घरबाहिर नबस्न र मर्निङवाकमा ननिस्कन मन्त्रालयको अपिल

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर नबस्न र केहीदिन मर्निङवाकमा ननिस्कन अपिल गरेको छ । 

काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै मन्त्रालय शुक्रबार एक विज्ञप्तिमार्फत् आमनागरिकप्रति सो अपिल गरेको हो । 

‘अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्नेभन्दै मन्त्रालयले घर बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो साता काठमाडौं उपत्यकाको वातावरणमा कार्बन, सल्फरडाइअक्साइड र नाइट्रोजनको मात्रा बढ्दा प्रदूषण बढेकाले सतर्क हुन वातावरणविद्हरुले बताउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि