जेठ ०८, २०८१, मंगलबार
               

पछिल्लो २४ घन्टामा थप १२० जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कुल दुई हजार ८९१ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै पछिल्लो २४ घन्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४/४ जना संक्रमित थपिएका छन् । बुधबार तीन हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये थप ८५ जनासहित २ लाख ७२ हजार २७२ जना निको भएका छन् भने हालसम्म तीन हजार २० जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएको भन्दै सरकारले विद्यालय र सबै जिल्लालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि