जेठ ०८, २०८१, मंगलबार
               

शैक्षिक संस्थामा स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले पुनः कोरोना भाइरसको संक्रमण बढ्दै भन्दै प्रदेश र स्थानीय सरकारलाई  विद्यालयमा जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड अपनाउन आग्रह गरेको हो ।

वर्तमान परिस्थितिमा सबै सरोकारवालाले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको छ ।

‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र  कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन हुन अनुरोध गरिन्छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’

यो पनि