जेठ ०८, २०८१, मंगलबार
               

पुन: लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारणले पुन: लगकडाउन नहुने बताएका छन् । 

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने बताउँदै मन्त्री पौडेलले लकडाउन नगर्ने बताएका हुन् । 

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्। 

उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारू पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौँ, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’

सोक्रमा उनले आफूहरु बजेट निर्माणमा जुटिसकेको बताउँदै उनले कोरोना भ्याक्सिन खरिदका लागि बजेट अभाव हुन नदिने बताए । 

कोरोना रोकथामका लागि सरकारले गत वर्ष चैत ११ बाट लकडाउन गरेको थियो । जसका कारण आममानिस घरबाहिर निस्किन र आवतजावत गर्न प्रतिबन्धित थिए । त्यस्तै, सार्वजनिक सवारी साधन, आन्तरिक उडान बन्द थिए । २०७७ साउन ५ को मन्त्रिपरिषदको निर्णयबमोजिम साउन ७ गतेबाट लकडाउन अन्त्य भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि