जेठ ०८, २०८१, मंगलबार
               

भारतद्वारा अनिश्चितकालका लागि कोरोना खोप निर्यातमा रोक

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

भारतले कोरोना भाइरस विरुद्धको खोप निर्यातमा रोक लगाएको छ ।

पछिल्लो समय दोस्रो चरणको संक्रमण सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अनिश्चितकालीन समयका लागि खोप निर्यातमा रोक लगाएको हो ।

अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको बीबीसीले जनाएको छ ।

भारतको यो निर्णयले नेपालमा खोप अभियान प्रभावित हुनसक्नेछ । साथै कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ । त्यसमध्ये अक्सफर्ड–आस्ट्राजेनेकाकै खोप बढी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि