जेठ ०८, २०८१, मंगलबार
               

पछिल्लो २४ घन्टा १८८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टा देशभर १८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कुल चार हजार ३२ जनामा परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । जसमध्ये मंगलबार थप ७७ सहित दुई लाख ७२ हजार ९७ जना निको भएका छन् भने तीन हजार १९ जनाको मृत्यु भएको छ ।

गत २४ घन्टा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर एक हजार १२८ जना सक्रिय संक्रमित छन् ।

 


कस्तो लाग्यो ?

यो पनि