जेठ ०४, २०८१, शुक्रबार
               

भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको अनुरोध

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । 

आइतबार मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै एक विज्ञप्तिमार्फत् सो अनुरोध गरेको हो । 

पछिल्लो केही हप्ता छिमेकी देश भारतलगायत देश कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आइतबार विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक/भैतिक दूरी राख्नका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि