जेठ ०८, २०८१, मंगलबार
               

उपराष्ट्रपतिलाई कोरोना खोप

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन् ।

स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे।

सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि