जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाको खोप लगाएपछि कस्ता समस्या देखिन्छन्

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप लगाएपछि विभिन्न असर देखिने गर्छन्। जुन सामान्यदेखि जटिल खालका हुन्छन् । 

चिकित्सकहरुका अनुसार सामान्यतया खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाइ र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, वान्ता आउने, माशंपेसी वा जोर्नी दुख्ने र फ्लुकोजस्तो लक्षण देखिने गरेका छन् ।

शरीरमा एलर्जिक प्रतिक्रिया देखिएमा चिकित्सकले त्यसलाई गम्भीर खालको असरको रुपमा लिनुपर्ने बताउँदै आएका छन् । 

६५ वर्ष माथिका व्यक्तिमा वयस्कमा भन्दा खोपले कम असर देखाउने चिकित्सकहरुको भनाइ छ । 

वयस्कमा भन्दा यो उमेर समूहका व्यक्तिमा खोपले देखाउने प्रतिअसर कम देखिनुको कारणबारे यकिन नभए पनि इम्युन रेस्पोन्स कम भएका कारण यो हुन सक्ने  उनीहरुको तर्क छ । सामान्य मात्र नभई गम्भीर खालका प्रतिअसर समेत देखिने सम्भावना कम हुने बताउँछन् । 

यद्यपि कोरोना संक्रमणका कारण सिकिस्त नभई निमोनिया हुने जोखिम भने बढी हुने भएकाले सर्तक रहन उनीहरुको सुझाव छ।

२४ जनामा खोप लगाएको ठाउँमा दुखेको, १४ जनामा शरीर दुखेको, १० जनामा जाडोको अनुभव भएको, ७ जनामा ज्वरो आएको, पाँच जनामा थकान महसुस, पाँच जनामा रिगंटा लागेको र एक/एक जनामा पखाला तथा जोर्नीको दुखाइ र कमजोरी भएको पाइएको छ। 

यस्ता समस्या आफैँ निको भएर जाने बताउँदै शुक्रराज ट्रपिकल अस्पालले नआत्तिन भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि