जेठ ०९, २०८१, बुधबार
               

नेदरल्यान्ड्समा अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन प्रयोगमा रोक

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

नेदरल्यान्ड्सले अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग स्थगित गरेको छ । सम्भावित 'साइड इफेक्ट' लाई मध्यनजर गर्दै डच सरकारले उक्त निर्णय लिएको बीबीसीले जनाएको छ ।

यसअघि आयरल्यान्ड लगायतका देशहरुले अक्सफोर्ड-अस्ट्राजेनेका भ्याक्सिन लगाएका केही व्यक्तिमा 'ब्लड क्लट'को समस्या देखिएको भन्दै भ्याक्सिनको प्रयोगमा अस्थायी रुपले रोक लगाउने घोषणा गरिसकेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले भने भ्याक्सिन र 'ब्लड क्लट' को समस्यामा कुनै सम्बन्ध नगरेको दाबी गर्दै आएको छ ।

डच स्वास्थ्य मन्त्री हुगो डे जोन्गेले भ्याक्सिनबारेमा कुनै पनि सन्देहलाई स्थान दिनु उपयुक्त नभएको भन्दै सबै कुरा ठिक भएको ग्यारेण्टी गर्न हाल उक्त भ्याक्सिन अभियान रोकिएको बताएका छन् । नेदरल्यान्ड्सले अस्ट्राजेनेकाको १२ मिलियन डोज अर्डर गरेको छ ।

अस्ट्राजेनेकाले भने भ्याक्सिनका कारण 'ब्‍लड क्‍लट' को बढ्दो समस्याबारे केही आधार नभेटिएको दाबी गरेको छ । हालसम्म युरोपमा १ करोड ७० लाख मानिसले आफ्नो भ्याक्सिन लगाइसकेको भन्दै उनले 'ब्ल्ड कल्ट' को समस्या एकदम न्यून रहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि