जेठ ०८, २०८१, मंगलबार
               

विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । वल्डो मिटरको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १२ करोड ४२ हजार ८७ पुगेको छ । जसमध्ये २६ लाख ५९ हजार ११८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ९ करोड ६५ लाख ८० हजार १३९ जना उपचारपछि निको भएका छन् । यस्तै सक्रिय संक्रमितको संख्या २ करोड ८ लाख २ हजार ८३० रहेको छ । जसमा ८९ हजार २०७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म ३ करोड ४३ हजार ६६२ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ५ लाख ४६ हजार ६०५ जनाको मृत्यु भएको छ । यस्तै २ करोड २१ लाख ८ हजार ५९६ जना उपचारपछि निको भएका छन् । 

यसैगरी संक्रमण तथा मृत्युका हिसाबले ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा अहिलेसम्म एक करोड १४ लाख ३९ हजार २५० जनामा कोरोना संक्रमण भएको छ भने २ लाख ७७ हजार २१६ जनाको मृत्यु भएको छ । जहाँ एक करोड ३६ हजार ९४७ जना डिस्चार्ज भएका छन् ।

यस्तै, तेस्रो मुलुक भारतमा संक्रमितको संख्या एक करोड १३ लाख ५८ हजार ६४४ पुगेको छ भने एक लाख ५८ हजार ६४२ जनाको मृत्यु भएको छ । यस्तै एक करोड ९ लाख ८७ हजार ८५५ जना उपचारपछि निको भएका छन् । 

यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १७८ पुगेको छ भने तीन हजार १४ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये २ लाख ७१ हजार २४९ जना उपचार पछि निको भएका छन् । सक्रिय संक्रमितको संख्य ९१५ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि