जेठ ०८, २०८१, मंगलबार
               

पछिल्लो २४ घन्टामा थप ६० जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ ।

नेपालमा हाल नेपालमा सक्रिय संक्रमितको संख्या नौ सय १५ छन् । गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार १४ पुगेको छ।

हाल ४९ जना क्वारेन्टाइनमा छन्। यही समयमा ७२ जनाले कोरोनालाई जितेका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १२ हजार ७ सय ९६ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि