जेठ ०८, २०८१, मंगलबार
               

थप १०४ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १०४ जना कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल तीन हजार ४८८ जनामा गरिएको नमुना परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । कोरोना संक्रमित हुनेमा ४६ महिला र ५८ पुरुष छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ । उनीहरुमध्ये तीन हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

त्यसैगरी, थप ६३ जना निको भएसँगै हालसम्म दुई लाख ७१ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९११ छ।


कस्तो लाग्यो ?

यो पनि