जेठ ०९, २०८१, बुधबार
               

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा  थप ६६ जना कोरोना संक्रमित थपिएको बताएको छ । कुल चार हजार एक सय ११ मा पिसिआर परीक्षण गर्दा उल्लेखित संख्या पहिचान भएका हुन् । 

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१  पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार ८८६  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या आठ सय २५ छ ।


कस्तो लाग्यो ?

यो पनि