जेठ ०८, २०८१, मंगलबार
               

ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सि लगाएका छन् । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाएका हुन् ।
खोप लगाएपछि प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सहभागी हुन आग्रह गरे–‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ ।’

खोप लगाएपछि केहीबेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बसेका थिए । त्यसपछि संचारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाई अब खोपको चरणमा पुगेको बताए ।

आफूलाई खोप लगाएपछि कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गरे- ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन ।’

 


कस्तो लाग्यो ?

यो पनि