जेठ ०९, २०८१, बुधबार
               

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

कोरोना भाइरसविरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् । उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रबाट खोप लगाएका हुन् ।  यो सँगै खोपकाे दोस्राे चरण पनि सुरु भएकाे छ ।

आज ४ बजेदेखि संसद् अधिवेशन सुरु हुन लागेकाे हुँदा अधिवेशनमा उपस्थित हुनुपूर्व प्रधानमन्त्रीले खोप लगाएका हुन् । कोरोना खोप लगाउनका लागि प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए । 

यसअघि बुधबारदेखि शुक्रबारसम्म पूर्वप्रधानमन्त्री, सभामुखलगायत सांसदहरूले काेराेनाविरुद्धको खोप लगाइसकेका छन्  । बुधबार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले खोप लगाए ।

त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरूले समेत खोप लगाइसकेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि