जेठ ०४, २०८१, शुक्रबार
               

सांसद् र मन्त्रीहरूलाई कोरोनाविरुद्धको खोप लगाइँदै

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूलाई आज कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउन सुरु गरिएकाे छ ।

सिभिल अस्पताल नयाँ बानेश्वरमा कोरोनाविरुद्धको खोप लगा सुरु गरिएकाे हाे । अहिलेसम्म पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाले लगाइसकेका छन् । त्यस्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि खोप लगाएका छन् भने अन्य मन्त्री तथा सांसद्हरूले खोप लगाउने क्रम जारी छ । 

आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरूका निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरूलाई खोप लगाइसक्ने कार्यसूची रहेकाे छ । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालकलाई पनि खोप लगाइने संसद् सचिवालयले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.


कस्तो लाग्यो ?

यो पनि