जेठ ०८, २०८१, मंगलबार
               

थप ५० लाख डोज कोरोना खोप खरिद गरिँदै

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु अघि बढेको बताएका छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा अर्यालले सो जानकारी दिएका हुन् । 

‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौँ,’ अर्यालले बैठकमा भने,

हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने सचिव अर्यालले जानकारी दिए ।

हालससम्म नेपालले जिटुजीमार्फत नै २० लाख डोज खोप खरिद गरेको छ । जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ ।

चीनले आठ लाख डोज कोरोना खोप अनुदानस्वरुप दिने बताएको छ । त्यसैगरी, तीन लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि