जेठ ०४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घन्टा थप ७८ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टा थप ७८ जना कोरोना संक्रमित पहिचान भएका छन् । कुल चार हजार एक सय २७ जनामा पिसिआार परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ७४ हजार २९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएको उल्लेख गरेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख ७० हजार ५४३  पुगेको छ। देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेका छन्। 

पछिल्लो २४ घन्टामा चार हजार एक सय २७  पिसिआार परीक्षण भएको छ। गत २४ घन्टा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको छ। गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४६, ललितपुरका दुई तथा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ।


कस्तो लाग्यो ?

यो पनि