जेठ ०८, २०८१, मंगलबार
               

पछिल्लो २४ घन्टमा थप ५४ जना कोरोनामुक्त

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । २४ घण्टामा नेपालमा थप एक सय १२ जना नयाँ कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लेखित संख्या थप भएसँगै कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार नौ सय ८४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टमा कोरोनामुक्त हुनेको संख्या ५४ छ । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या आठ सय ८२ छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण चार जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार सात सय ७१ पुगेको छ भने हाल ७१ जना क्वारेन्टाइनमा छन् । 


कस्तो लाग्यो ?

यो पनि