जेठ ०९, २०८१, बुधबार
               

पछिल्लो २४ घन्टामा थप  १२५ जनामा कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार नेपालमा थप  १२५ जनामा कोरोना भाइरस संक्रमित पहिचान भएका छन् । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । योसहित नेपालमा  कोरोना संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ७० पुगेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ९१ जना निको भएर फर्किएका छन् योसहित कोरोना संक्रमितबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ।

काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५, भक्तपुरका ६ र ललितपुरका नौजना छन्।


कस्तो लाग्यो ?

यो पनि