जेठ ०९, २०८१, बुधबार
               

६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाकाे जनस्वास्थ्य विभागले एक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो ।

महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाबको प्रारम्भिक परीक्षणबाट मिर्गौला परीक्षण गर्न सकिने सूचनामा उल्लेख छ । उक्त अभियानमा नगरबासीले मात्र सहभागिता जनाउन पाउनेछन् । 

स्वास्थ्य मिर्गौला स्वास्थ्य काठमाडौं नाराका साथ फागुन ५ गतेदेखि ६ महिनासम्म नि:शुल्कपरीक्षण अभियान सुरु भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि