जेठ ०८, २०८१, मंगलबार
               

२४ घण्टामा एक सय पाँचजना कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक सय पाँचजना कोरोना भाइरस संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७२ हजार नौ सय ४५ पुगेको छ । नेपालमा एक हजार पाँच सय ८७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा थप ९९ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म निको हुने कोरोना संक्रमितको संख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि